विश्वकपको लागि पाकिस्तानको १५ सदस्य टोली घोषणा: टोलीमा तीन खेलाडी परिवर्तन

एजेन्सी : पाकिस्तान क्रिकेट बोर्डले विश्वकप सुरु हुनु १० दिन अघि आफ्नो टोलीमा फेरबदल गरेको छ । सोमबार गरेका नयाँ घोषणा टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । परिवर्तित टोलीमा तीव्र गतिका बलर मोहम्मद आमिरले मौका पाएका छन् । आमिर यस गत वैशाख ६ मा घोषणा गरेको टोलीमा पाकिस्तानको विश्वकप खेल्ने १५ सदस्य टोलीमा पर्न असफल भएका थिए ।

त्यस्तै, युवा अलराउन्डर आसिफ अली र तीव्र गतिका बलर वहाब रियाजलाई पनि मौका दिएको छ । इंग्ल्यान्डसँगको पाँच ओडीआई सिरिज ४-० पराजित भएपछि पाकिस्तानले टोली परिवर्तन गरेको हो । त्यस अघि अष्ट्रेलियासँग पनि पाकिस्तान ५-० ले पराजित भएको थियो ।

आमिर र रियाजको आगमनले पाकिस्तानको बलिङमा केहि सुधार हुने अनुमान गरिएको छ । यी तीन खेलाडीआई आविद अली, फहिम असरार्फ र जुनैद खानको स्थानमा मौका दिइएको हो । पाकिस्तानले ३१ मे मा वेस्ट इन्डिजसँग खेल्दै विश्वकपमा सुरुवात गर्ने छ ।

विश्वकपको लागि पाकिस्तानको १५ सदस्य टोली :

सरफराज अहमद (कप्तान तथा विकेटकीपर), मोहम्मद आमिर,बाबर आजम, वहाब रियाज, फखार जमान, ह्यारिस सोहेल, हसन अली, ईमाद वासिम, इमाम उल हक, आशिफ अली, मोहम्मद हफिज, मोहम्मद हुसेन, सादब खान, शाहिन शाह अफ्रिदी, सोएब मालिक ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार १६:५४