क्यानडामा ‘भिजीट नेपाल २०२०’ को प्रचार अभियानलाई तीब्रता दिर्दै एनआरएनए

क्यानडा : क्यानडामा भिजीट नेपाल २०२० को शुभारम्भसँगै अभियानलाई तीब्रता दिइएको छ । गैर आवासीय नेपाली संघ क्यानडाले नयाँ बर्ष २०२० को शुभारम्भसँगै नेपाल भ्रमण बर्ष २०२० अभियानलाई तीब्रता दिएको हो ।

क्यानडाको सबैभन्दा ठूलो र ब्यस्त शहर टोरन्टोको अति ब्यस्त स्थान डन्डास स्क्वायरमा भब्यताका साथ सम्पन्न गरेको छ। अत्यन्त चिसो मौसमका बाबाजुत पनि उल्लेख्य मात्रामा नेपाली समुदायहरुको उपस्थिति र बिदशीहरुको ध्यानाकर्षणले कार्यक्रम रोचक भएको थियो। विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले नेपाल भ्रमण बर्ष २०२० को महत्व र औचित्यको बारेमा बोल्नु भएको थियो।

न्युयोर्कको टाईम स्क्वायर जस्तै मानिने टोरन्टको डन्डास स्क्वायरमा बिदेशिहरुको खचाखच भिड हुने गर्दछ जहाँ सयौ बिदेशिहरुले कार्यक्रमको बारेमा चासो ब्यक्तगरी ब्यानरको बारेमा सोधपुछ पनि गरेका थिए।

कार्यक्रमा बोल्दै गैर आबासिय नेपाली संघ क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले यो कार्यक्रम नेपाल भ्रमण बर्षको शुरुबात भएको र आउदा दिनहरुमा क्यानडाको विभिन्न शहरहरुमा बिशेशत बिदेशिहरुका संघ सस्था तथा निकायहरुमा प्रचार प्रसार गर्ने बताउदै क्यानडाले गएको सेक्टेम्बर २६ तारिकमा टोरन्टो शहरमा नेपाल सरकारका मन्त्री योगेश भट्टराई , महामहिम राजदुत भ्रुगु ढुङाना, क्यानडियन एन पि, एन पि पि हरुको उल्लेख्य सहभागितामा नेपाल भ्रमण बर्षको शुरुवात गरेको जानकारी गराउनुभयो ।


प्रकाशित | १८ पुष २०७६, शुक्रबार १५:०८