होन्डुरसको पोस्टमा ब्राजिललको सात गोल

एजेन्सी: मैत्रीपुर्ण खेलमा ब्राजिलले होन्डुरसलाई ७–० गोल अन्तरले पराजित गरेको छ । कोपा अमेरिका फुटबल प्रतियोगित अघि भएको अभ्यास खेलमा ब्राजिलले फराकिलो जित निकालेको हो ।

मुख्य फरवार्ड नेयमार चोटका कारण कोपा अमेरिका गुमाउने भएपनि ब्राजिलले प्रतियोगिता अघि ठुलो अन्तरको नतिजा निकालेको हो ।खेलको २९ औ मिनेटमा क्विटो रातो कार्ड खादै मैदान बाहिरिएपछि होन्डुरस १० खेलाडीमा सिमिति बनेको थियो ।

ब्राजिलको जितमा म्यानचेष्टर सिटीका फरवार्ड ग्याब्रियल जिससले २ तथा थिएगो सिल्भा, काउटिन्हो, फिर्मिन्हो, रिचर्डलिसन र नेरस क्याम्पोसले समान १-१ गोल गरे ।

जिससले छैटौ मिनेटमा ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सिल्भाले १३ औ मिनेटमा अग्रता दोब्बर पारे । काउटिन्होले ३७ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै ब्राजिललाई पहिलो हाफमा ३–० ले अघि बढाए ।

जिससले ४७ औ मिनेटमा व्यक्तिगत रुपमा दोस्रो गोल गरे । क्यापोसले ५६ औ मिनेटमा ब्राजिलका लागि पाँचौ गोल गरे । ६५ औ मिनेटमा फिर्मिन्होले ब्राजिललाई ६–० को स्थितीमा पुर्याएका थिए । रिचर्डलिसनले ७० औ मिनेटमा ब्राजिलका लागि सातौ गोल गरेका थिए ।

सन् २०१२ पछि ब्राजिलले पहिलो पटक फराकिलो अन्तरको जित निकालेको हो । होन्डुरसको खेलसंगै ८ पटकको कोपा अमेरिका च्याम्पियन ब्राजिलले आफ्नो अभ्यास खेल सकेको छ ।

ब्राजिल समुह एमा रहेको छ । आयोजक ब्राजिलले जुन १५ मा बोलिभियासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार ०६:५४