एनआरएनएले काठमाडौंमा बनाउने नमूना शौचालयको ढाँचा सार्वजनिक

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए ) ले काठमाडौँ उपत्यकाका विभिन्न चोकमा बनाउन लागेका शौचालयको प्रारम्भिक ढाँचा सार्वजनीक गरिएको छ । अध्यक्ष कुमार पन्तले नमूना शौचालयको ढाँचा सार्वजनीक गर्नुभएको हो । पन्तले नमूना ढाँचा सार्वजनीक गर्नुहुँदै आवश्यक सल्लाह, सुझावको लागि सबैमा अपिल समेत गर्नुभएको छ ।

शौचालय कलंकी, सुन्धारा, कोटेश्वर, माछापोखरी, चावहिल लगायत क्षेत्रमा महानगरले जग्गा उपलब्ध गराउने, संघले शौचालय निर्माण र सुरुका केही वर्ष सञ्चालनको जिम्मेवारी लिनेछ ।

मुलुकको संघीय राजधानी मात्र नभई प्रत्येक विदेशी पर्यटकलाई स्वागत गर्ने महानगर समेत भएकाले काठमाडौँलाई स्वच्छ र सफा राख्न यो पहल कदमी थालिएको हो । यसले काठमाडौँका आगन्तुक तथा यात्रुलाई पनि सुविधा पुग्ने विश्वास लिइएको छ ।


प्रकाशित | १७ पुष २०७६, बिहीबार १३:०९