सूर्यविनायक नगरपालिकाद्धारा राम श्रेष्ठ (बोस)सम्मानीत

काठमाडौं : थ्रि स्टार क्लवका कोषाध्यक्ष तथा म्यानेजर, नेपाल भारतोलन संघको उपाध्यक्ष, नेपाल टेड्सिनल ताईक्वान्द्धो फेडेरेशन अध्यक्ष र नेपाल युथ गुप्रको अध्यक्ष राम श्रेष्ठ (।बोस ) लाई सूर्यविनायक नगरपालिकाले सम्मान गरेको छ ।

नगरपालिकामा आयोजीत एक कार्यक्रमकाबीच बोसलाई खेलकुद क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै नगरपालिकाका मेयर बासुदेव थापाले सम्मान गर्नुभएको हो ।

यसअघि अमेरिका र ब्राजिल को छुट्टाछुट्टै कार्यक्रममा सम्मानीत बोसलाई थप हौसल्ला प्रदान गर्ने उद्देश्यले नगरपालिकाले सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख थापाले राम्रा काम गर्ने हरेक ब्यक्तीलाई नगरपालिकाले सम्मान गर्दै आइरहेको भन्दै बोसलाई देशको नाम राख्न सफल भएकोमा बधाई समेत ज्ञापन गर्नुभयो ।

नेपाललाई विश्वसामू चिलाउन खेलाडीको महत्वपूर्ण भूमिका रहेको भन्दै सबैले आआफनो ठाउँबाट इमानदारीपूर्वक काम गरे नेपाल सरकारले अगाडि सारेको सम्मृद्ध नेपाल सुखी नेपाली अभियान चाँडै साकार हुने बताउनुभयो ।

सम्मानीत श्रेष्ठले अहिलेसम्मकै सम्मानमध्ये सूर्यविनायकको सम्मानले थप आत्मविश्वास र हौसल्ला मिलेको बताउनुभयो । सूर्यविनायक नगरपालिकाले सबैको भावनालाई बुझने गरेकोमा कृतज्ञ ज्ञापन गर्दै श्रेष्ठले अमेरिका र बाज्रीलमा सम्मान हुँदा भन्दा बढी खुसी नगरपालिकाले सम्मान गर्दा भएको बताउनुभयो ।

बोस अमेरिकामा आयोजना भएको एक कार्यक्रममा लिजेन्ट अफ द मार्टिअल आट्स हल अफ फेम अवार्डले सम्मानीत हुनुभएको थियो । ग्लोबल कोरियन मार्टियल आट्स फेडरेशनको आयोजनामा अमेरिकाको न्यू जर्सीमा भएको अन्तराष्टिय खेलुकद प्रतियोगिताको अवसरमा श्रेष्ठ लिजेन्ट अफ द मार्टिअल आट्स हल अफ फेम अवार्ड अन्तगतको स्पोट्स पर्सनालीट विधामा सम्मानीत हुनुभएको हो ।

त्यस्तै, यही अक्टोवर २० मा इन्टरनेसनल कराते युनियनको आयोजनामा ब्राजिलमा समेत वल्र्ड कराते च्याम्पियनसिपमा बोस सम्मानीत हुनुभएको थियो । साथै विभिन्न खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठ एर्पिसेशन अवार्डद्धारा सम्मान गरिएको एको हो ।

नेपालमा लामो समयदेखि खेलकुद क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको बोस विभिन्न संघसंस्थामा आबद्ध भई खेलकुद क्षेत्रको विकासमा लागिरहनु भएको छ । थ्रि स्टार क्लव लगायत हरेक खेल प्रतियोगितामा उपाधि जिताउन समेत श्रेष्ठको महत्वपूर्ण योगदान रहँदै आएको छ । साथै नेपालको विभिन्न संघसंस्थादेखि सामाजीक कार्यक्रमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ  ।


प्रकाशित | १५ पुष २०७६, मंगलवार १७:३९