भोलिदेखि भक्तपुरमा प्रशासन कार्यालयसहित सूर्यविनायक, मध्यपुर थिमी नगरपालिकाका सार्वजनिक सेवा बन्द

भक्तपुरः भक्तपुरमा जिल्ला प्रशासन कार्यालय लगायत भक्तपुरका स्थानीय तहहरु भोलि आइतबारबाट अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द हुने भएका छन् ।

आफ्ना केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले कात्तिक २ गतेदेखि अनिश्चितकालसम्मका लागि सेवा बन्द गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत यज्ञराज जोशीले जानकारी दिनुभयो ।

जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेमा प्रमुख जिल्ला अधिकारीले सबै सरकारी कार्यालय बन्द गर्ने अधिकार समेत दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयबाट आइतबार ठारो उजुरी, शान्ति सुरक्षा सम्बन्धी , मुद्धाको सुनुवाई सम्वन्धी र विपद्ध व्यवस्थापन बाहेकका सबै सेवा ठप्प पारिएको छ ।

कोरोना भाइरस जोखिम रहेको र कार्यालयका केहि कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको भन्दै शुक्रबार नै विज्ञप्ती ज्ञारी गर्दै प्रशासन कार्यालय, मध्यपुर थिमी र सुर्यविनायक नगरपालिकाले अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बाहेकका सेवा बन्द गरिएको जनाएका छन् ।

मध्यपुर थिमी नगरपालिका कार्यालयमा भोलिदेखि कार्तिक ७ गते सम्मका लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ । यद्यपी कार्यालय भने दशैं पछि अवस्था हेरेर मात्रै कार्यालय खोल्ने मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

यता, सुर्यविनायक नगरपालिका भने कार्तिक १५ गते सम्मको लागि बन्द गरिने विज्ञप्तीमा उल्लेख छ । यस्तै, चाँगुनारायण नगरपालिका भने यस अघि नै बन्द भएको छ ।


प्रकाशित | १ कार्तिक २०७७, शनिबार १२:४१