चिनियाँ राजदुत यान्छी भन्नुहुन्छ : सुन्दर नेपाल घुम्न लायक छ

काठमाडौँ : नेपाल भ्रमण बर्षको स्वागतमा चिनियाँ राजदूत होउ यान्छीले सफलताको शुभकामना दिनुभएको छ । सामाजिक संजाल ट्वीटरमार्फत राजदूत यान्छीले इतिहास, विविधता र प्रकृतिका कारण सुन्दर नेपाल घुम्न लायक रहेको उल्लेख गर्नुभएको हो । नेपालले भ्रमणबर्ष २०२० को भव्य उदघाटन गर्ने तयारी गरेको छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० भोलीबाट सुरु हुँदैछ । 


प्रकाशित | १५ पुष २०७६, मंगलवार १६:४१