चितुवाले घरपालुवा जनावर खान थालेपछि स्वचालित क्यामेरा जडान

कञ्चनपुर– चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ को जानकारी मध्यवर्ती सामुदायिक बन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ । चितुवामाथि निगरानी राख्नका लागि दुईवटा स्वचालित क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताउनुभयो । “चितुवाको बासस्थान र प्रजाती पत्ता लगाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा क्यामेरा जडान गरेका छौं”, उहाँले भन्नुभयो, मार्ने र खाने गरेको छ ।

गएराति मात्रै वडा नं १ का हर्के सार्कीका चार गोठमा बाँधेका बाख्रा चितुवाले मारेर नोक्सानी पुर्याएको छ । निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत, प्रहरी उपरीक्षक, जनप्रतिनिधिलगायतको टोलीले चितुवाले क्षति पुर्याएको क्षेत्रको अवलोकन समेत गरेका छन ।“चितुवाले भविष्यमा एक खालको दुर्घटना निम्त्याउने खतरा रहेको छ”, प्रहरी निरीक्षक बोहराले भन्नुभयो, “नियन्त्रण गर्नु बाहेक अर्को विकल्प छैन, त्यसै कुरालाई मध्यनजर गरी स्थानीय बासिन्दालाई सचेत पार्ने कार्य गरेका छौं ।” प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी विद्यमान साधनस्रोतको प्रयोग गरी चितुवा नियन्त्रणका लागि कार्य अगाडि बढाइने उहाको भनाइ छ ।


प्रकाशित | १२ माघ २०७८, बुधबार १४:१४