‘एनआरएनए भिजीट नेपाल २०२०’ ले पायो पूर्णता, कसले पाए कुन जिम्मेवारी ?

काठमाडौं : नेपाल भ्रमण वर्ष सफल बनाउन गैर आवासीय नेपाली संघले तीब्र तयारी गरिरहेको छ । संघले भ्रमण वर्ष सफल बनाउन निवर्तमान अध्यक्ष भवन भट्ट संयोजक रहेको एक समिति नै गठन गरेर तयारी तीब्र बनाएको हो ।

भट्टले आफू संयोजक रहेको समितिलाई पूर्णता दिनुभएको छ । जसअनुसार संयोजक भट्टले एनआरएनए भिजीट नेपाल २०२० मा एनआरएनए उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, विज्ञ डा. गणेश गुरुगं, पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख दिपक जोशी, पर्यटन बोर्डका ब्यवस्थापक लक्ष्मण गौतम, भिजीट नेपाल २०२० का कार्यक्रम संयोजक विश्वम्बर घिमिरे सदस्य रहने गरि समितिलाई पूर्णता दिनुभएको हो ।

समितिमा पर्यटन मन्त्रीलाई संरक्षक, एनआरएनए पूर्व अध्यक्षहरुलाई सल्लाहकारमा राखिएको छ । साथै एनआरएनएका विभिन्न क्षेत्रगत तथा विषयगत क्षेत्रमा विभाजन गरेर जिम्मेवारी समेत बाँडफाँड गरिएको छ । जसमा भिजीट नेपाल अन्र्तगत नेपाल फेस्टिबलको ग्लोबल को-अर्डिनेटरमा एनआरएनए उपाध्यक्ष मन केसी, मिस नेपाल एनआरएनको  ग्लोबल को-अर्डिनेटरमा एनआरएनए महिला संयोजक भोमा लिम्बु, “साथीहरु घर पठाउ” सेन्ट थ्री फ्रेन्ड टू होम को-अर्डिनेटरमा एनआरएनए सचिव गौरी राज जोशी, साईकल र्यालीको लागि को -अर्डिनेटरमा पुस्कर शाह, वाक फर नेपाल/ बुद्ध नेपाल को-अर्डिनेटरमा विजय पोखरेल, अतिथि देव भव को- अर्डिनेटरमा किस्मत भण्डारी, स्पोर्टस कमिटि को-अर्डिनेटरमा मनोज गोर्खाली, एभरेष्ट डे को-अर्डिनेटरमा एसी शेर्पा, सचिवालय सदस्य सचिवमा राजेश राणालाई जिम्मेवारी प्रदान गरिएको हो ।

त्यस्तै, एनआरएनएका सांगठनीक संरचनाअनुसार विभिन्न क्षेत्रगत संयोजक समेत तोकिएको छ । जसमा अमेरिकाज् संयोजकमा क्यानडाका अभिमन्यू बस्नेत, यूरोप संयोजकमा स्पेनका एकराज गिरी, मध्य पूर्व संयोजकमा रमेश भट्ट, एसिया प्याशिफिक संयोजकमा ओम गुरुगं, ओसेनीया संयोजकमा दिनेश पोखरेललाई जिम्मेवारी तोकिएको छ । त्यस्तैगरि सबै एनसिसी अध्यक्ष भिजीट नेपाल २०२० को नेसनल को-अर्डिनेटर रहनु भएको छ ।

गैर आवासीय नेपाली संघले यसअघि नेपाल भ्रमण वर्ष २०२० को सचिवालयसँग एक एनआरएनले एक विदेशीलाई नेपाल घुम्न पठाउने अभियान सञ्चालन गर्न सहमत जनाउँदै हस्ताक्षर गरेको थियो । सोही समझदारी गरेसँगै एनआरएनए भ्रमण वर्ष सफल बनाउन एक समिति गठन गरेको थियो ।

सोही समझदारीलाई कार्यान्वयन गर्न भन्दै एनआरएनए अध्यक्ष कुमार पन्तले सबै एनसिसीलाई अभियान कार्यान्वयन गर्न लागिपर्न आग्रह गर्नुभएको छ । अध्यक्ष पन्तले समझदारी पत्रको विषयमा जानकारी गराउँदै नेपाल भ्रमण वर्ष सफल बनाउन सहयोग गर्न लागिपर्न विभिन्न सम्भावीत कार्यक्रमका बुँदासहित परिपत्र गरि सबै एनसिसीलाई निर्देशन दिइसक्नु भएको छ ।


प्रकाशित | १३ पुष २०७६, आईतवार १५:०४