एनआरएनए बोत्स्वानाको अध्यक्षमा शान्ती भण्डारी

गबोरोने,बोत्स्वाना- दक्षिणी अफ़्रिकी भुपरिवेष्ठित मुलुक बोत्स्वानामा एनआरएनएको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको वार्षिक साधारण सभाले शान्ती भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो ।

नयाँ कार्यसमितिको आइसिसी सदस्यमा तुलसी कामी पनि सर्वसम्मत चुनीनु भएको छ । कार्यसमितिमा गोबिन्द प्रसाद कंडेल उपाध्यक्ष, गोपाल बहादुर खडका महासचिव, जितु बिक कोषाध्यक्ष, इन्दु दाहाल महिला संयोजक र नारायण प्रसाद दाहाल युवा संयोजक चुनिनु भएको छ ।

त्यसैगरी, कार्यसमिति सदस्यहरुमा खुश बहादुर, प्रभा बाँसकोटा, खुश्बु कुमारी बजाज, कृष्ण कंडेल र सिर्जना पन्त रहनु भएको छ । साधारण सभाको अनुगमनकर्ता पुर्व अध्यक्ष डा. बिपी यादव हुनुहुन्थ्यो भने सभापतित्व निवर्तमान अध्यक्ष पदम भण्डारीले गर्नु भएको थियो ।

२० लाख जनसंख्या भएको दक्षिण अफ्रिकाको उत्तरमा रहेको बोत्स्वाना द्रुत गतिले बिकास भइरहेको अफ्रीकी देश हो । सन १९६० मा प्रती ब्यक्ती आय ६० डलर रहेको बोत्स्वानाको अहिले प्रती ब्यक्ती आय बार्षिक १८,८२५ डलर छ । खनिज र खानी , पशुपालन र पर्यटन यहाँका आम्दानीका मुख्य श्रोत हुन ।


प्रकाशित | १६ श्रावण २०७८, शनिबार ०८:५६