सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ : सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सुन तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको थियो । चाँदी पनि आज तोलामा ५ रुपैयाँ घटेर तोलाको १ हजार रुपैयाँ निर्धारण गरिएको हो ।


प्रकाशित | ५ श्रावण २०७७, सोमबार ११:४८