जाडोमा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

काठमाडौँ :  जाडो मौसममा हामी बसेको वरिपरिको चिसो वातावरणका कारण शरिरमा ह्वात्तै तातो घट्छ र चिसो महशुस हुन्छ । जसका कारण विभिन्न रोगको जोखिम बढ्छ । त्यसैले चिसो मौसममा विभिन्न उपायहरु अपनाउनु पर्दछ ।

स्वास्थ्य समस्या र बच्ने उपायहरू :

. जाडो मौसममा कुनै एक व्यक्तिको श्वासप्रश्वास, खोकी हाच्छ्यु र सामान्य बोलीचालीबाट पनि मौसमी फ्लू सर्छ । संक्रमित व्यक्तिको मुख, नाक र आँखाबाट मौसमी फ्लू सर्छ ।

. जाडो मौसममा अत्याधिक चिसो वा तातोमा स्थानमा बस्न हुदैन । एसीमा बसेर बाहिर निस्किदा शरिरले बाहिरको चिसो मौसमसँग एडजस्ट गर्न नसक्ने भएकोले धेरै तापक्रममा नबस्न बिज्ञहरु सुझाव रहेको छ ।

. धुलो, सुख्खा र चिसो हावाका कारण जाडोमा खोकीको लग्ने गर्दछ । यदि पिनासको समस्या छ भने धुलोबाट बच्नुपर्छ । नियमित शरिरमा चिसो र तातोको सन्तुलन मिलाउनुपर्छ । तातोपानी, चिया अथवा कफी खाएर चिसो पानी वा अन्य ड्रिंक्स खानुहुन्न। बाहिर निस्किदा जहिले पनि मास्क लगाउनुपर्छ ।

४. चिसो मौसममा मानिसको छाला फुस्रो हुने गर्दछ हुन्छ । त्यसैले हरेक रात सुत्नुअघि कोकोनट र आलमोन्डको तेल लगाउनुपर्छ । तेलीय खानेकुरा खानुहुँदैन । प्रशस्त पानी पिउनुपर्छ ।

५. उनीको टोपी, मफलर लगायतका न्याना लुगा लगाउनुपर्छ । रोग निम्तिनुमा खानपिन पनि जिम्मेवार हुने भएकोले नियमित पोषिलो खानेकुरा खानुपर्छ ।

. चिसो र सुख्खा मौसमले छालालाई सुख्खा बनाउँछ। सुख्खा छाला फुट्ने गर्छ । तसर्थ जाडोको समयमा प्रशस्त पानी पिउनुपर्छ र मोश्चराइजर क्रिम लगाउनुपर्छ । एभोकाडो, जैतुन र नरिवलको तेलले छालालाई शितल र मुलायम बनाउँछ ।

७. प्रशस्त पोषणले पनि स्वास्थ्य र छालाको स्याहार गर्छ । भिटामिन सीले प्रतिरोधात्मक क्षमता सशक्त बनाउँछ। भिटामिन सीले रुघाखोकीबाट पनि बचाउँछ ।

८. जाडोमा धेरै मानिसलाई ह्यदघात हुने गर्छ । तापक्रममा आएको गिरावटले रक्तनली साँघुरिने र मुटुमा रगत पम्प गर्न गाह्रो हुने हुन्छ । यही जोखिमका कारण विज्ञहरुले मोटा र बृद्धबृद्धालाई जाडो मौसममा मर्निङ वाक गर्न सुझाब दिँदैनन् ।

९. जाडो मौसममा बढी हुने समस्यामध्ये दम पनि एक हो । चिसो र सुख्खा हावाले श्वासनलीलाई साँघुरो पारी श्वास फेर्न कठिनाई उत्पन्न गर्छ। तसर्थ जाडो भयो भनेर घरमा अनावश्यक आगो वा धुवाँ नबाल्नुहोस् ।

१०. जाडोमा जोर्नी दुख्ने समस्याबाट बच्न पैतलालाई न्यानो बनाउनुपर्छ । एउटा बाक्लो लुगा लगाउन भन्दा पातला दुई वा सो भन्दा बढी कपडा लगाउनु उपयुक्त मानिन्छ । यसले जोर्नीलाई चिसो हुनबाट बचाउछ ।


प्रकाशित | १२ पुष २०७६, शनिबार १९:२७