सिन्धुपाल्चोक पहिरो: मृत्यु हुने १३ पुगे, २६ जना अझै बेपत्ता

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएका थप दुई जनाको शव भेटिएको छ । यो सँगै मृतकको संख्या १३ पुगेको हो ।

लिदी गाउँको तामाङ वस्तीमा हिजो बिहान ६ बजेतिर पहिरो गएको थियो । पहिरो गएको स्थानबाट हिजो नै ११ जनाको शव निकालिएको थियो ।

उनीहरुको सनाखत भइसकेको र सामुहिक दाहसंस्कार गर्न लागिएको गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङले जानकारी दिनुभयो । पहिरोमा पुरिएर हराईरहेका २६ जनाको आज बिहानैदेखि खोजि कार्य जारी छ ।

यसैबीच पहिरो पीडितका लागि आवश्यक राहत र पुनस्थापनाको व्यवस्थापनका लागि आज बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोली जुगल पुगेर घटनास्थलको अनुगमन गरेको छ ।


प्रकाशित | ३१ श्रावण २०७७, शनिबार १३:१६