छालालाई स्वस्थ र सुन्दर बनाउन के गर्नुपर्छ ?

काठमाडौँ : जाडोको मौसममा हाम्रो शरिर सुक्खा हुने गर्दछ । जसले गर्दा छाला फुस्रो हुने साथै विभिन्ना छाला सम्बन्धी रोगहरु उत्पन्न हुने गर्दछ ।  त्यसैले हामीले छालालाई स्वस्थ र सुन्दर बनाउन निम्नलिखित उपायहरु अपनाउन सकिन्छ :

१. कम्तीमा पनि ८ घन्टा अनिवार्य सुत्ने गर्नु पर्दछ ।

२. सुत्नु भन्दा अगाड़ी क्लिन्जिङ, टोनिङ र मोस्चराइजिङ गर्नु पर्दछ ।

३. छालालाई स्वस्थ बनाउन कम्तीमा पनि एक घन्टा व्यायाम अनिवार्य गर्नुपर्दछ । जसले गर्दा रौँछिद्रलाई अक्सिजन प्राप्त हुन्छ, रक्तसञ्चार बढ्छ र तुरुन्त इनर्जी प्राप्त हुन्छ ।

४. व्यायाम गर्दा र अन्य समय गरी ८-९ गिलास पानी पर्याप्त मात्रामा पिउनुपर्दछ ।

५. लौका, खरबुजा, लिची, काँक्रो, सागपात आदि खानुपर्द्छ जसमा पानीको मात्रा बढी हुने गर्दछ ।

५. आइरन, भिटामिन बी र सी, जिंक, भिटामिन एयुक्त पौष्टिक खाना खानुपर्दछ ।

६. धुम्रपान सेवन गर्नु हुदैन ।

७. फाइबरयुक्त खानाले पेटलाई सफा राख्छ र छालामा चमक प्रदान गर्छ ।

८. तनावमुक्त हुने र खुसी जीवनको प्रयास ।


प्रकाशित | ८ पुष २०७६, मंगलवार १५:४३