दिल्ली आईपीएलको शीर्षस्थानमा उक्लियो

एजेन्सी :  इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औं खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स अंक तालीकामा शीर्षस्थानमा उक्लिएको छ । १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले ४ बल अगाडीनै ४ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको जितमा विकेटकीपर ऋषभ पन्तले ३६ बलमा ४ छक्का र ६ चौका प्रहार गर्दै ७८ रनमा अविजित रहे । त्यस्तै ओपनर शिखर धवनले २७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५४ तथा पृथ्वी शा ४२ रनमा आउट भए । राजस्थानका श्रेयस गोपाल २,धवन कुलकर्णी र रियान परागले समान १ विकेट लिए ।

त्यस अघि घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजिस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनायो । राजस्थानका लागि ओपनर अजिंक्या रहाणेले शानदार शतक प्रहार गरे । १७ ओभरको दोस्रो बलमा ईशान्त शर्मालाई २ बटुल्दै रहाणेले आफ्नो आईपीएल करियरमा दोस्रो शतक प्रहार पुरा गरेका थिए । ५८ बलमा शतक पुरा गरेका रहाणेको यो आईपीएल करियरकै सवोत्कृष्ट प्रर्दशन समेत हो ।

रहाणे ६३ बलमा ११ चौका र ३ छक्का सहित १ सय ५ रनमा अविजित रहे पनि त्यो जितको लागि प्राप्त रहेन। अजिंक्या रहाणे र कप्तान स्टिभ स्मिथले दोस्रो विकेटका लागि १२ ओभरमा १ सय ३० रनको साझेदारी गर्दै राजिस्थानलाई विशाल योगफल सम्म पुर्याए । १४ ओभरको पहिलो बलमा अक्षर पटेलले बाउन्ड्री लाईन नजिकै क्रिस मोरिसबाट क्याच आउट गराउनु अघि कप्तान स्मिथले ३२ बलमा ८ चौका प्रहार गर्दै ५० रनमा आउट भए । दोस्रो ओभरको पहिलो बलमै ओपनर सन्जु स्यामसन शून्यमा रन आउट भएका थिए ।

बेन स्ट्रोक्स ८,एस्टन टर्नर शून्य र स्टुअर्ट बिन्नी १९ रनमा आउट भए । दिल्लीका कागीसो रबडाले २, ईशान्त शर्मा,क्रिस मोरिस र अक्षर पटेलले समान एक विकेट लिए । योसँगै दिल्लीले ११ खेलमा ७ मा जित र ४ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै चेन्नई सुपर किंग्स १० खेलमा ७ मा जित र ३ मा हारका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको मुम्बईले १० खेलमा ६ मा जित र ४ मा हार ब्योहोरेको छ ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार १०:०६