कोरियाली मदिरा ‘सोजु’ नेपालमा उत्पादन शुरु, केहि दिनमै बजारमा आउने

काठमाडौं – दक्षिण कोरियामा सबैभन्दा बढी लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ ‘सोजु’ नेपालमा नै उत्पादन सुरु भएको छ। श्री न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि, वि.जे. इन्भेष्टमेण्ट नेपालको सहकार्यमा नेपालमा नै सोजु उत्पादन शूरु भएको हो ।

नेपालमा सरल र सुलर्भ मूल्य तोकिएको सोजु केहि दिनभित्रै बजारमा आउने गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्ष विनोद कुँवरले जानाकारी दिनु भयो । कुँवरका अनुसार कोरियाको लोकप्रिय मदिरा लाई हिमाल र पहाडको नाम ले सम्बोधन गर्दै ‘सान सोजु’ नामाकरण गरी नेपाली बजारमा केहि दिनभित्रै पठाउने तयारी भइरहेको हो ।

बाँके जिल्लाको कोहलपुरमा रहेको श्री न्यु एभरेष्ट डिष्टीलरीमा कोरियन मापदण्डको मदिरा सोजु उत्पादन गरी नेपालभर बिक्री वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएसंगै कम्पनीले सोजु उत्पादन शुरु गरेको हो।

नेपाली अग्रज उद्योगी रविन्द्रमान श्रेष्ठ, सफल ब्यवसायी एवं गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्ष विनोद कुँवर र दक्षिण कोरियाका वरिष्ठ केमिष्ट लिम क्योङ्गटेकको संयुक्त पहलमा नेपालमा सोजु उत्पादन र बिक्री वितरण गर्ने योजना सफल भएको छ।

‘दक्षिण कोरियाको सबैभन्दा लोकप्रिय मदिराजन्य पेय पदार्थ सोजु त्यहाँका राष्ट्रपतिदेखि सामान्य कामदार सबै तह र तप्काका कोरियनहरुले सेवन गर्ने गर्दछन्’ दक्षिण कोरियामा विभिन्न व्यवसाय गर्दै आउनु भएका कुँवरले भन्नुभ यो, ‘सोजुको लोकप्रियता नेपालमा पनि क्रमिक रुपमा बढ्दै गएकाले यही उत्पादन गरेर सस्तो मुल्यमा उपलब्ध गराउने हाम्रो पहल हो ।’

अहिले पनि नेपालमा दक्षिण कोरियाबाट सोजु आयात गरी बिक्री वितरण हुँदै आएको छ । ‘हामीले सोजु नेपालमा उत्पादनगरी बजारीकरण गर्दा आयात न्युनीकरण हुने, देशको पैसा विदेश नजाने, मुल्य सर्वसाधारण उपभोक्ताको पहुँच भित्र हुने र गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरको हुनेछ ’ कुँवरले थप्दै भन्नुभ यो ।

नेपालमा सोजुको उत्पादनका लागि पूर्व तयारी पूर्णरुपमै कोरियामा गरिएको थियो । एनआरएनएका अगुवा समेत रहनु भएका कुँवरले भन्नु भयो, ‘नेपाली उपभोक्ताको चाहना अनुरुप हामीले उपभोक्ताहरुमाझ आवश्यक स्वाद र अन्य परिक्षणहरु पनि गरिसकेर उत्पादन समेत थालेका छौँ।’

कुँवरले सान सोजु उत्पादन भएर बजारमा जाने अन्तिम तयारीमा रहेको बताउँदै यसले स्वदेशमा रोजगारी सिर्जना गरी सानो सङ्ख्यामै भएपनी यूवालाई विदेश पलायन हुनबाट रोक्ने बताउनु भयो । आफु मात्र धनी हुने उद्देश्य नभई समग्र देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने कुरामा आफु विश्वस्त रहेको उहाँको भनाइ छ ।

दक्षिण कोरियाबाट नेपालमा लगानी भित्र्याउन र स्वदेशमा नै रोजगार सृजना गर्नका लागि निरन्तर सक्रिय कुँवरले कोरियाको ठूलो कम्पनी लोट्टे ग्रुपलाई स्वदेशमा ल्याउनका लागि पनि सम्झौता गरिसक्नु भएको छ ।

कोरियाको प्रख्यात चाउचाउ सिनलाम्यानलाई नेपाल भित्र्याएर बिक्रिबितरण गरिरहेका कुँवरले आगामी दिनमा स्वदेशमा नै उक्त चाउचाउ उत्पादन गर्ने योजना बनाउनु भएको छ ।


प्रकाशित | २५ पुष २०७८, आईतवार १०:४२