इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड ४-० को फराकिलो अन्तरले पराजित

एजेन्सी :  इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा शीर्ष चारको होडमा रहेको म्यानचेस्टर युनाइटेड एभरटनको घरेलु मैदानमा ४-० को फराकिलो अन्तरले पराजित भएको छ । ब्राजिलियन फरवार्ड रिचार्लीसनले खेलको १३ औं मिनेटमा गोल गर्दै एभरटनलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । २८ औं मिनेटमा गिल्फी सिगर्डसनले इड्रीसा गेयेको पासमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोल गरेको एभरटनले दोस्रो हाफमा पनि २ गोल थप्यो ।

दोस्रो हाफको ५६ औं मिनेटमा लुकास डीग्नेले पेनाल्टी क्षेत्र बाहिरबाट भली प्रहारलाई सिधै गोलमा परिणत गर्दै ३-० को अग्रता दिलाए । त्यसको ८ मिनेटमै थियो वालकटले एभरटनलाई ४-० ले अगाडी बढाए । उनले सिगर्डसनको थ्रु पासलाई सदुपयोग गर्दै गोल गरे ।

यस नतिजासँगै युनाइटेडले शीर्ष ४ मा प्रवेश गर्ने मौका गुमाएको छ । युनाइटेडले ३४ खेलमा ६४ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको टोटेनहमले ३४ खेलमा ६७ अंक जोडेको छ । ३३ खेल खेलेको चौथो स्थानको आर्सनल र ३४ खेल खेलेको पाँचौ स्थानको चेल्सीको समान ६६ खेल छ ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार २१:३६