समाजवादी पार्टी सरकारबाट बाहिरियो, उपेन्द्र यादवले दिए मन्त्रीबाट राजीनामा

काठमाडौँ : समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री रहनु भएको यादवले आफ्नो पदबाट राजीनामा दिनुभएको हो ।तत्कालीन संघीय समाजवादीसँग गरेको सहमतिबाट सत्तारुढ नेकपा पछि हटेको भन्दै यादवले राजीनामा दिनुभएको हो ।

यादवले संविधान संशोधनका लागि पुस ७ को मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेपछि आज बसेको सो पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यादवले राजीनामा दिनुभएको हो । साथै पार्टीको तर्फबाट सरकारमा सहभागि अर्का सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राइले समेत सरकारबाट राजीनामा दिने निर्णय गरेको थियो । यस्तो थियो यादवको संविधान संशोधन सम्बन्धी प्रस्ताव :-


प्रकाशित | ८ पुष २०७६, मंगलवार १५:१४