सुनचाँदीको मूल्य स्थिर

काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला पनि स्थिर रहँदै ५९ हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय १० रुपैयाँमै कारोबार भइरहेको हो ।


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार १४:०६