एनआरएनए युथ फोरम भिक्टोरियाको आयोजनामा युथ कप टेबल टेनिस प्रतियोगिता सम्पन्न

सुशील चालिसे /मेलबोर्न

एनआरएनए युथ फोरम भिक्टोरियाको आयोजनामा डिसेम्बर २२ तारिखका दिन कोबर्ग टेनिस क्लबमा एनआरएनए युथ कप टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । एनआरएनए युथ फोरम भिक्टोरियाको आयोजनामा महिला, पुरुष तथा सोह्र बर्ष मुनिको गरी जम्मा तीन समुहमा भएको उक्त प्रतियोगितामा पुरुष तर्फ निरेस कार्की प्रथम र निरज पन्त दृतिय, महिला तर्फ अनिता सापकोटा प्रथम र प्रकृति भट्ट दृतिय त्यसैगरी सोह्र बर्ष मुनिको समुहमा बिबिध काफ्ले प्रथम र प्रभात भट्ट दृतिय हुन सफल भएका थिए ।

तिनै समुहमा गरी तेत्तिस जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा बिजयी प्रतियोगीहरुलाई प्रमुख अतिथि कन्सुलेट जेनेरल अफ नेपाल भिक्टोरियाका कन्सुलेट जेनेरल चन्द्र योञ्जन लगाएत अतिथिहरु एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशब कंडेल, नेपलिज एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरे, एनआरएनए आइ सिसी मेम्बर नारायण काफ्ले, एनआरएन अस्ट्रेलियाका पुर्ब अध्यक्ष टोनु घोतानेले संयुक्त रुपमा नगद पुरस्कार तथा ट्रफी प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

महिला र पुरुष तर्फ प्रथम ५०० तथा दृतिय ३०० डलर, सोह्र बर्ष मुनिको समूहमा प्रथम २०० तथा दृतिय १०० नगद पुरस्कार रहेको उक्त प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरुलाई सहभागिताको प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा एनआरएनए भिक्टोरियाका कोअर्डीनेटर प्रेम प्रसाद कंडेल, सचिब नारायण कटुवाल, मेलबोर्नका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्पन्सर, स्वयं सेवक, संचारकर्मी लगाएत बिभिन्न खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त प्रतियोगितामा रेफ्रीहरु सोम प्रसाद गुरुङ, सुनिल मैनाली र बिपुल ज्ञवाली रहेका थिए भने रेफ्रीहरुले प्रतियोगितालाई सुचारु रुपमा नियम बद्ध भएर संचालन गराएको प्रतियोगीहरुले बताएका थिए ।

एनआरएनए युथ फोरमले आयोजना गरेको यो पहिलो प्रतियोगिता भएको र यस्तै खेलकुद प्रतियोगिताको माग धेरै बढेकोले आगामी दिनहरुमा बिभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गरिने एनआरएनए भिक्टोरियाका सचिब नारायण कटुवालले बताउदै अब छिटैनै टेनिस प्रतियोगिता हुन् लागेको जानकारी दिएका थिए ।

युथ फोरम भिक्टोरियाका कोअर्डीनेटर बबिन मिश्रको संयोजकत्वमा सम्पन्न उक्त टेबल टेनिस प्रतियोगिता सफलता पुर्बक सम्पन्न गर्न सकेकोमा आफु लगाएत सम्पूर्ण एनआरएनए युथ फोरम टिम धेरै खुशीका साथै यसबाट हौसला मिलेको र यस टेबल टेनिस प्रतियोगिता अब देखि प्रत्येक बर्ष संचलान हुने पनि बताएका थिए।

मिश्रले यस प्रतियोगितालाई आफ्नो तर्फबाट सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरुलाइ धन्यवाद ज्ञापन तथा आभार प्रकट गरेका थिए । उक्त टेबल टेनिस प्रतियोगितालाई नेपलिज एसोसिएसन् अफ भिक्टोरियाको सहयोग र टाइटल स्पन्सरमा एक्स्पर्ट एडुकेसन एण्ड भिसा सर्विसेस रहेको थियो ।


प्रकाशित | ७ पुष २०७६, सोमबार २०:०६