मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं: आज मघ गर्जनसहित वर्षाको सम्भावना रहेको अनुमान गएिको छ । आज (आइतबार ) दिउँसो देशका पूर्वी तथा मध्य भागलगायत पश्चिमी पहाडी भागमा सामान्य तथा बाँकी भागमा आंशिक वदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार पूर्वी तथा मध्य भागका केही र पश्चिमी पहाडी भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै पूर्वी भू–भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना छ ।

त्यस्तै, आइतबार राति पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी क्षेत्रमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । आइतबार राति नै पूर्वी तथा मध्य भागका केही र पश्चिमी पहाडका थोेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार ०७:४६