काठमाडौंमा आगामी बैशाख २६ र २७ गते तामाङ अन्तराष्ट्रिय फिल्म फेस्टिभल

काठमाडौं : काठमाडौंमा आगामी बैशाख २६ र २७ गते तामाङ अन्तराष्ट्रिय फिल्म महोत्सव हुने भएको छ । तामाङ समुदायको मौलिक संस्कृति, विषयबस्तु र ज्ञान परम्परा प्रबद्र्धनको उदेष्य सहित तामाङ आवाज, सेलो फाउण्डेसन र एससीआरसीले यो महोत्सब गर्न लागिएको हो ।  महोत्सव निर्देशक जगत तामाङका अनुसार महोत्सवमा भारत, अमेरिका, क्यानडा, जापान लगायतको मुलुकबाट पनि सहभागिता रहनेछ । महोत्सवमा फिल्म सम्बन्धी प्यानल डिस्कसन, कला प्रदर्शनी, भिजुअल पोइट्री प्रस्तुति गरिने निर्देशक तामाङले बताउनुभयो ।

महोत्सवको पहिलो चरण अन्र्तगत यसअघि ललितपुरको भारदेउमा ‘दुई दिने चलचित्र स्क्रीप्ट लेखन तालिम’ सम्पन्न भइसकेको उक्त कार्याशालामा तयार पारिएको पटकथामाथि पनि महोत्सवकै सहकार्यमा धमाधम लघु फिल्महरु बनिरहेको महोत्सव संयोजक मीन कुमार मोक्तानले जानकारी गराउनुभयो ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार २०:५३