एनआरएनए फान्सको अध्यक्षमा नरेन्द्र शाही (ठकुरी ) निर्वाचीत

फान्स: गैर आवासीय नेपाली संघ (एनआरएनए ) फान्सको अध्यक्षमा नरेन्द्र शाही (ठकुरी )  निर्वाचीत हुनुभएको छ । संघको आगामी  ( २०१९- २०२१)  कार्यकालको लागि आइतबार सम्पन्न अधिवेशनले शाहीलाई अध्यक्षमा निर्वाचीत गरेको हो । आइसिसी सदस्यमा भने पान कुमारी मल्ल निर्वाचीत हुनुभएको छ ।

त्यस्तै, उपाध्यक्षमा गीता खनाल (थापा), अमर बहादुर भण्डारी, महासचिवमा मिन कुमार श्रेष्ठ, सचिवमा राजु बस्नेत, कोषाध्यक्षमा लाल बहादुर सोडारी, सहकोषाध्क्षमा संगीता तिमिल्सिना, युवा संयोजकमा दिलीप गुरुगं, महिला संयोजकमा मिली उपाध्याय ( कोईराला ), सदस्यहरुमा क्रमश: सूर्य क्षत्री, अशोक कुँवर, कमल काप्ले, उदय राज पाण्डे निर्वाचीत हुनुभएको छ ।


प्रकाशित | २ भाद्र २०७६, सोमबार २१:४२