‘म यस्तो गीत गाउँछु २’ गीतमा पूजा र पलको रोमान्स (भिडियो)

काठमाडौं : चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत सार्वजनिक गरिएको छ । गीतमा अहिलेका चर्चित सङ्गीतकार अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको छ । पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको गीत सात दिन लगाएर खिचिएको हो । रोमान्टिक गीतमा पाँच सयभन्दा बढी कोरसको नृत्य देख्न सकिन्छ ।

सौरभ लामाले खिचेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । सुदर्शन थापाको निर्देशनमा बन्ने चलचित्रको अन्तिम छायाङ्कन भइरहेको छ । साङ्गीतिक प्रेमकथामा आधारित रहने यस चलचित्रमा दिनेश डिसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय रहने छ । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ मा रिलिज हुने बताइएको छ ।


प्रकाशित | ३ पुष २०७६, बिहीबार २१:०१