पूर्व सभासद रामेश्वर ढुंगेलको निधन

भक्तपुरः नेपाली कांग्रेसका नेता एवं पूर्व सभासद रामेश्वर प्रसाद ढुंगेलको आज निधन भएको छ । उनको आज दिउँसो शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसका महासमिति सदस्य विष्णुराज कार्कीले नेपालतारालाई जानकारी दिए ।

कार्कीका अनुसार ढुंगेलको मस्तिष्कघातबाट निधन भएको हो । ढुंगेल ३ पटक गाविस अध्यक्ष तथा एक पटक संविधानसभाका सभासद बनेका थिए । भक्तपुर क्षेत्र नं २ बाट दोस्रो संविधान सभामा २१ हजार १ सय १८ मत ल्याएर विजयी भएका थिए । ढुंगेलले पहिलो संविधानसभा निर्वाचनमा विजयी नेपाल मजदूर किसान पार्टीका सुनिल प्रजापतिलाई हराएका थिए ।


प्रकाशित | १ पुष २०७६, मंगलवार १८:३२