स्पेनमा करियर अन्त्य गर्ने मोराटाको चाहाना

एजेन्सी:  चेल्सीका फरवार्ड अल्भारो मोराटाले स्पेनिस क्लब एट्लेटिको मड्रिडमा करियर अन्त्य गर्न चाहाना राखेका छन् । २६ बर्षका मोराटाले गत जनवरीमा लण्डन क्लब चेल्सीबाट एट्लेटिको मड्रिडमा १८ महिना लोनमा आएका थिए । उनले १७ खेलमा ६ गोल समेत गरेका छन् ।

उनी सन् २०१७ को जुलाईमा कीर्तिमानी मुल्यमा पाँच बर्षका लागि रियल मड्रिडबाट चेल्सीमा गएका थिए । उनले ७२ खेलमा २४ गोल समेत गरेका थिए । ‘म स्पष्ट पार्न चाहन्छु । म यहाँ बस्न चाहन्छु ।’ एट्लेटिकोका पुर्व युवा खेलाडी स्पेनिस पत्रिकालाई भनेका छन् ।

‘एट्लेटिको छाड्नु मेरो दिमाग बाहिरको कुरा हो । म सबै समस्या जति सक्दो चाँडो समाधान गर्न चाहन्छु । म यहाँ निकै खुसी छु । म धेरै बर्ष यहाँ बिताउन चाहन्छु । म करियर अन्त्य गर्न चाहन्छु ।’ उनले भनेका छन् ।

‘यदी यो सबै ममाथि निर्भर भएको भए, मैले एट्लेटिकोसंग अनुबन्ध सम्झौतामा हस्ताक्षर गरेको हुने थिए ।’ उनले थपेका छन्, ‘यो मैले चाहेको कुरा भए, तर अनुबन्धन मुख्य बिषय हो । यहाँ आउन सक्ने पुरै सम्भाव्यताको सबै प्रयास मैले गरेको छु । यहाँ बस्न सक्दो उत्कृष्ट गर्ने प्रयास गर्नेछु ।’


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार ०८:०८