आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं : आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), अभिषेक बस्नेत, भिम सार्की, हरि बहादुर चौहान, कमल सिंह ऐरी, कुशल मल्ल, मोहम्मद असिफ शेख, पवन शर्राफ, प्रतिस जिसी, रशिद खान, रित गौतम, सागर ढकाल, सन्दीप जोरा , सूर्य तामाङ र वैकल्पिक खेलाडीहरुमा आकाश चन्द, लोकेश बहादुर बम, रवि कुमार शाह र सेर मल्ल हुनुहुन्छ । नेपाली टोलीको प्रशिक्षकमा विनोद दास, म्यानेजर रमन शिवाकोटी र फिजियोमा विक्रम न्यौपाने रहेका छन् ।


प्रकाशित | १९ चैत्र २०७५, मंगलवार २०:१२