गण्डकी प्रदेशमा थपिए ३२ कोरोना संक्रमित, कुल संक्रमित संख्या ८३८ पुग्यो

पोखरा : गण्डकी प्रदेशमा शनिबार ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमित हुनेमा स्याङ्जाका २२ जना, बागलुङका ८ जना र नवलपरासी पुर्वका २ जना रहेका छन् । यो सहित गण्डकी प्रदेशमा ८३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

निर्देशनालयका अनुसार पोखरा स्थिति प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा परीक्षण गरिएका स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १३ पुरुष र ६ महिला, बागलुङको काठेखोला गाउँपालिकाका ७ पुरुष, ढोरपाटन नगरपालिकाका १ पुरुष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा दाङको प्रयोगशालमा परीक्षण गरिएका स्याङ्जाको वालिङ नगरपालिकाका एक पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा परीक्षण गरिएका नवलपसारी हुप्सेकोट गाउँपालिकाका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो।

त्यस्तै, हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका व्यक्तिहरु आईसोलेसनमा बसिसकेको र अन्य पालिकाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश को फोटो।

प्रकाशित | १३ असार २०७७, शनिबार ०९:१८