१३ औं सागको औपचारिक उद्घाटन

काठमाडौं: १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को औपचारिक उद्घाटन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेलाको औपचारिक उद्घाटन भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी हुन् । उद्घाटनमा नेपालको मौलिकता झल्किने विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन गरिएको छ । राष्ट्रपतिको सम्बोधनअघि सातै राष्ट्रका खेलाडीले मार्चपास गरेका थिए । यस्तै कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्टले सागको दिप प्रज्वलन गरेका थिए । त्यसपछि खेलाडी, रेफ्री र निर्णायकले शपथ खाएका थिए ।


प्रकाशित | १५ मंसिर २०७६, आईतवार २१:३२