आगामी वर्ष विद्युत् प्राधिकरण ८ अर्ब नाफा कमाउने योजनामा

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चुहावटलाई नियन्त्रण गरी विद्युतिकरणको महाअभियानमा लाग्ने बताएका छन् । प्राधिकरणको ३४ औँ वार्षिकोत्सवमा आइतबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्राधिकरणले लक्ष्य पूरा गर्दै गएकाले आगामी वर्षमा हरेक चुनौतीको सामना गर्दै जाने बताए ।

उनले चालू आर्थिक वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युतिकरण गराउने बताएका थिए । उनले भने, ुआगामी ४ वर्षमा सबै जिल्लामा विद्युतको पहुँच पुर्याउने प्राधिकरणको लक्ष्य चुनौतीपूर्ण रहे पनि सबैको सहयोग र सहकार्यमा सम्भव गराउन सकिन्छ । सरकारी लक्ष्य पूरा गर्न प्राधिकरणको प्रणाली र नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरण गर्न लागिएको उनले स्पष्ट पारे । गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुनाफा कमाएको भन्दै उनले चालु आर्थिक वर्षमा ८ अर्बमाथि नाफा कमाउने दाबी गरे । यो समाचार आजको नयाँ पत्रीकामा छ ।


प्रकाशित | २ भाद्र २०७६, सोमबार ०९:०८