विप्लव समूहका जिल्ला सदस्य पक्राउ

नवलपरासी : प्रहरीले पश्चिम नवलपरासीबाट नेकपा विप्लव समूहका जिल्ला सदस्य रमेश बस्याललाई पक्राउ गरेको छ। बस्याललाई इलाका प्रहरी कार्यालय बर्दघाटले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बस्याललाई दिउँसो १ बजे आफ्नै निवास बर्दघाट नगरपालिका ४ आनन्द नगरबाट पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बुद्धिसागर पुरीका अनुसार विप्लव नेकपामा सक्रिय भएर गतिविधि संचालन गरेको भन्दै बस्याललाई पक्राउ गरिएको हो ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १७:१७