भारतीय अतिक्रमणविरुद्ध पेरिसमा गैर आवासीय नेपालीको प्रदर्शन

पेरिस:  भारतीय अतिक्रमणविरुद्ध फान्समा गैर आवासीय नेपालीले प्रदर्शन गरेका छन् । हालै भारत सरकारले जारी गरेको नयाँ नक्शामा नेपालको अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अनधिकृत रुपमा आफ्नो नक्शामा देखाइएको विरोधमा पेरिस स्थित भारतीय दूतावास अगाडी गैर आवासीय नेपालीले विरोधस्वस्प प्रदर्शन गरेका हुन ।

एनआरएनएको अगुवाइमा आयोजना गरीएको पेरिस स्थित भारतीय दूतावास अगाडी भएको बिरोध प्रदर्शन कार्यक्रममा विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिका साथै फ़्रान्सबासी नेपाली जनसमुदायको बाक्लो सहभागिता रहेको एनआरएएन फान्सका अध्यक्ष नरेन्द्र शाही (ठकुरी) ले जानकारी दिनुभयो ।

भारतीय अतिक्रमणको विरोधमा विश्वभरि गैर आवासीय नेपालीले भारतीय दूतावास घेराऊ गर्दै प्रदर्शन जारी राखेका छन् ।


प्रकाशित | १३ मंसिर २०७६, शुक्रबार १९:२२