ऐश्वर्यालाई हलिउड फिल्मको अफर

काठमाडौँ : बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई एक हलिउड फिल्मबाट अफर आएको छ । पिंकविलाको रिपोर्ट अनुसार, ऐश्वर्या हलिउड प्रोजेक्टलाई लिएर इन्टरेस्टेड छिन् र योसँग जोडिएको पेपर वर्क अहिले प्रक्रियामा रहेको छ । सबै कुरा ठिक रह्यो भने यस वर्षको अन्तिमसम्ममा फिल्मको आधिकारिक घोषणा हुन सक्ने जनाएको छ । हालै ऐश्वर्याले बलिउड फिल्म डिल गर्न मद्दतका लागि एक टिम नियुक्त गरेकी छन् ।

उनले हलिउडको ‘ब्राइड एण्ड प्रिजुडिस’, ‘द मिस्ट्रेस अफ स्पाईसेज’, ‘प्रोवोक्ड’, ‘द लास्ट लीजन’ र ‘द पिंक प्यान्थर २’ मा प्रशंसनिय काम गरेकी थिइन् । बलिउडदेखि हलिउडसम्म ऐश्वर्या राय बच्चन आज एक अन्तर्राष्ट्रिय अनुहार बनिसकेकी छन् । उनले चाँडै पति अभिषेक बच्चनसँग फिल्म ‘गुलाब जामुन’ मा काम गर्ने चर्चा छ । तर, यसलाई लिएर नयाँ जानकारी प्राप्त भएको छैन ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार २०:३१