सानिमा लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौ: सानिमा लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले अध्यक्ष कुमारप्रसाद कोइरालाले पेस गरेको वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७४/०७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू र कम्पनीको आव २०७५ /०७६ का लागि लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ ।

उक्त सभाले सर्वसाधारणमा जारी पुँजीको ३० प्रतिशतको हुन आउने ६० करोड बराबरको ६० लाख कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । अधिकृत पुँजी ३ अर्ब र जारी पुँजी २ अर्ब रहेको कम्पनी सानिमाक बैंकलगायत प्रतिष्ठित गैरआवासीय नेपालीहरूद्वारा प्रवद्र्धित संस्था हो । सानिमा लाइफ इन्स्योरेन्सले २०७४ मंसिर २२ गतेदेखि विधिवत् रूपमा जीवन बिमा व्यवसाय सञ्चालन गर्दै हाल ६४ वटा शाखा ९उपशाखा कार्यालयहरूबाट आफ्ना सेवा प्रदानगर्दै आएको छ ।

बिमा बजारमा विभिन्न र नवीनतम बिमा योजनाहरू पेस गरिरहेको यस कम्पनीले हालै मात्र सीमित अवधि भुक्तानी गर्न मिल्ने सावधिक तथा आजीवन जीवन बिमा ‘सानिमा धनसञ्चय जीवन बिमा योजना’ तथा वित्तीय संस्थाका ऋणीहरूलाई लक्षित गरी ‘सानिमा कर्जा म्यादी बीमा योजना’ पनि जनसमक्ष प्रस्तुत गरेको छ । कम्पनीका सञ्चालकहरूमा घनश्याम थापा, डा. सुवर्णदास श्रेष्ठ, बद्री विशाल घिमिरे तथा स्वतन्त्र सञ्चालक भरतबहादुर थापा हुनुहुन्छ ।


प्रकाशित | १२ मंसिर २०७६, बिहीबार १२:४४