भारतीय अतिक्रमणविरुद्ध स्वीडेनमा गैर आवासीय नेपालीले गरे प्रदर्शन

स्वीडेन: भारतीय अतिक्रमणविरुद्ध स्वीडेनमा गैर आवासीय नेपालीले प्रदर्शन गरेका छन् । हालै भारत सरकारले जारी गरेको नयाँ नक्शामा नेपालको अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अनधिकृत रुपमा आफ्नो नक्शामा देखाइएको विरोधमा स्वीडेनमा गैर आवासीय नेपालीले विरोधस्वस्प प्रदर्शन गरेका हुन ।

 गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनले यहाँ रहेको भारतीय राजदूतावास घेराउ तथा धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाएको एनआरएनए स्वीडेनका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी गराउनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार नेपालको राष्ट्रिय झण्डा र प्ले कार्ड बोकी पैदल मार्फत भारतीय दुतावास रहेको स्थान Adolf Fredriks kyrkogata 12 मा पुगि केहि समय धर्ना बसेको थियो भने ज्ञापन पत्र बुझाउन दुताबास भित्र प्रवेश गर्न खोज्दा अनुमति नदिएको कारण दुताबासकै अनुरोध अनुसार पोष्ट र इमेल मार्फत ज्ञापन पत्र पठाईएको छ ।


प्रकाशित | १० मंसिर २०७६, मंगलवार १६:५०