रातो पासपोर्टका आरोपीत पूर्व सांसद सरकारी छाप किर्ते मुद्दामा पक्राउ

काठमाडौँ: रातो पासपोर्ट बेचेको आरोप लागेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता समेत खोलेको पाइएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताउनुभयो ।

नक्कली उपभोक्ता समिति बनाएर सरकारी छाप किर्ते गरेको थाहा पाएपछि नेता यादवलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । । यादवमाथि सरकारी छाप किर्ते गरेको आरोपमा मुद्दा चलाउने प्रहरीले बताएको छ । सभासद् भएको बेलामा यादवले रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा पनि पक्राउ परेका थिए । सो मुद्धा अझै विचाराधिन छ ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १४:५७