जापानमा नेपाल भ्रमण वर्ष शुभारम्भ कार्यक्रमको तयारी तीब्र

टोकियो: जापानमा नेपाल भ्रमण वर्ष २०२० को तयारी तीब्र पारिएको छ । भ्रमण वर्ष तयारीको लागि सरोकारवालासँग छलफल गरिने भएको छ । भ्रमण वर्ष शुभारम्भ समारोह मुल आयोजक समिति गठनका लागि आगामी डिसेम्वर २ तारिख नेपाली दुतावासमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरिने भएको हो ।

परराष्ट्र मन्त्रालयको निर्देशन साथै पर्यटन मन्त्रालय र एनआरएनए आइसीसीको सहमती अनुसार नेपाली कुटनैतिक नियोगहरुले नियोग रहेको मुलुकमा सम्बन्धित देशमा रहेका गैरआवासीय नेपाली संघ संगको सहकार्यमा भ्रमण वर्षको शुभारम्भ कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ । सोहि निर्णय अनुसार जापनमा पनि दूतावास र एनआरएनए बीच यही नोभेम्बर १४ तारिख बैठक बसी उक्त विषयमा छलफल तथा मुल आयोजक समिति गठन गर्ने निर्णय भएको थियो ।

उक्त निर्णय अनुसार जनवरी ०७, २०२० मा भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रमको आयोजना गर्ने, भ्रमण वर्ष अवधिभर शृखंलाबद्द रुपमा पर्यटन प्रवर्धनात्मक कार्यक्रमहरु आयोजना गर्ने र सो कामका लागि राजदूतको संयोजकत्त्वमा एनआरएनए जापानको कार्यसमिति, जापानबाट एनआरएनए आइसीसीका पदाधिकारी तथा सदस्य, एनआरएनए जापानको क्षेत्रीय समितिका संयोजक, संघ संस्थाका प्रमुख, राजनैतिक दलका भातृ संगठन प्रमुख, पत्रकार महासंघ जापान, बुद्धिजीवी, जापान स्थित एभरेस्ट नेपाली स्कुलको प्रतिनिधी , बिद्यार्थी, पर्यटन, खेल, कला क्षेत्रसंग सम्बन्धीत ब्यतित्त्व सदस्य रहने गरी एक मूल आयोजक समीती गठन गर्ने निर्णय गरिएको थियो। त्यस निर्णय अनुरुप मुलआयोजक समिति गठनका लागि दोश्रो चरणको बैठक गर्न लागिएको जनाइएको छ ।


प्रकाशित | ४ मंसिर २०७६, बुधबार १६:२३