‘फाटेको जुत्ता’ युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा

काठमाडौँ : निकेश खड्काले निर्देशन गरेको फिल्म ‘फाटेको जुत्ता’ युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा पर्न सफल भएको छ । नायक सौगात मल्ल र नायीका प्रियंका कार्की अभिनित फिल्म ‘फाटेको जुत्ता’ले युट्युबमा राम्रो दर्शक पाइरहेको छ । गत शुक्रबार युट्युबमा सार्वजनिक भएको यस चलचित्र चार दिनमा २२ लाख भन्दा बढी पटक हेरिएको छ । अहिले यस चलचित्र नेपालमा युट्युब ट्रेण्डिङको पहिलो स्थानमा छ । ल्ममा सौगात र प्रियंकासँगै रवीन्द्र झा, कामेश्वर चौरासिया, अनोज पाण्डे, दयाहाङ राई र वर्षा राउतलगायतको कलाकारहरुको अभिनय रहेको छ ।


प्रकाशित | २३ असार २०७६, सोमबार १९:४२