मिस वर्ल्डमा अनुष्कालाई सहयोग गर्न बेलायतस्थित नेपाली राजदूत सुवेदीको आग्रह

लन्डन : मिस वर्ल्डमा मिस नेपाल अनुष्का श्रेष्ठलाई सघाउन बेलायतस्थित नेपाली राजदूतावासले बेलायती नेपाली समुदायमा आग्रह गरेको छ । नेपाल दूतावास बेलायतले मिस नेपाल अनुष्काको सम्मानमा आयोजना गरेको एक कार्यक्रममा राजदूत डा. दुर्गाप्रसाद सुवेदीले मिस नेपाल अनुष्काmलाई सघाउन सबै बेलायतममा रहनु भएको नेपाली समुदायलाई अपिल गरिएको बताउनुभयो ।

कार्यक्रममा राजदूत सुवेदीले मिस वल्डमा नेपालको तर्फबाट सहभागि हुनुभएको अनुष्कालाई अग्रीम बधाई तथा शुभकामना ब्यक्त गर्नुहुँदै मिस वल्डको फोरमलाई उपयोग गरेर यस
पटक नेपालले मनाउन गइरहेको भ्रमण वर्षको प्रचार प्रसार गर्दा नेपाललाई धेरै भन्दा धेरै फाइदा पुग्ने बताउनुभयो । भेटभाट कार्यक्रममा बेलायतमा नेपालीहरूको उपस्थिति, नेपालका रूपमा नेपाल ब्रिटेनको सम्बन्धको इतिहास र मिस नेपालले आगामी भिजीट नेपाल २०२० को लागि खेल्न सक्ने भूमिका र नेपालको राष्ट्रिय प्रतिनिधिहरूको रूपमा हाम्रो क्षमतालाई सक्दो कसरी प्रदर्शन गर्ने भन्ने विषयमा लामो समय छलफल भएको थियो ।


भेटमा अनुष्काले आफनो बुद्धि, विवेक र क्षमताले म्यासम्म मिस वल्डमा बलियो उपस्थिति जनाउने भन्दै सहयोग र हौसल्ला प्रदान गर्नुभएकोमा नेपाल राजदूतावास र नेपाली राजदुत डा. दुर्गा प्रसाद सुवेदी प्रति धन्यवाद ज्ञापन गर्नुभयो । मिस नेपाल अनुष्का मिस वल्ड प्रतियोगिताको लागि अहिले लन्डनमा हुनुहुन्छ । लन्डनमा यही डिसेम्बर १४ तारिखका दिन फाइनल प्रतिस्पर्धा हुँदैछ ।


प्रकाशित | १५ मंसिर २०७६, आईतवार २१:१६