‘सिम्पल सिम्पल नानी’ सार्वजनिक (भिडियो)

काठमाडौं : ‘सिम्पल सिम्पल नानी’ सार्वजनिक भएको छ । सुजन मिकल श्रेष्ठ र प्राश्ना शाक्यको आवाज रहेको म्युजिक भिडियोमा कमल खत्रीको सङ्गीत रहेको छ । गीतलाई नरेश भट्टराईले लेखेका हुन् । ‘सिम्पल सिम्पल नानी’ को म्युजिक भिडियो शुक्रबार कमल खत्रीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सुजन मिकल र श्रेया लाई फिचरिङ गरिएको गीतको भिडियोलाई सुरेन बसेलले कोरियोग्राफी गरेका हुन् भने निर्देशन रायन कार्कीले गरेका हुन् । पहिलो भेटमै प्रेममा परेका प्रेमीको भावना समेटिएको गीतले आजका युवा ले भोग्ने गरेको यथार्थ बोकेको छ ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १२:४९