सेभेन समिटले गर्यो न्यूर्योकका चार दर्जन डाक्टरको उपस्थितिमा पोखरामा भब्य नि:शुल्क दन्त शिविर

पोखरा : द सेभेन समिट फाउन्डेसनको आयोजनामा पोखरामा एक साता लामो निशुल्क दन्त शिविर भब्यताका साथ सम्पन्न गरिएको छ । यही नोभेम्बर १० देखि १५ सम्म पोखराको टासेलीगं तिब्वेतीयन क्याम्प छोरेपाटन भन्ने ठाउँमा निशुल्क दन्त  शिविर भब्यताका साथ सम्पन्न भएको हो ।

अमेरिकाको न्यूर्योक यूुनीभर्सिटीबाट आएका ४२ जना डाक्टरको सहभागितामा भब्यताका साथ निशुल्क दन्त शिविर सम्पन्न गरिएको हो । शिविरबाट हजारौ लाभान्वित भएका छन् । क्याम्पमा दाँत सफा गर्ने, भर्ने, क्राउन हाल्ने जस्ता दाँत सम्बन्धी सम्पूर्ण काम गरिएको थियो ।

सेभेन समिटले प्रत्येक वर्ष नेपालको दुई ठाउँमा निशुल्क दन्त शिविर आयोजना गर्दै आएको छ । समिटले गत वर्ष देखि नै सुर्खेत र पोखरामा शिविर आयोजना गर्दै आइरहेको छ । पोखरामा सञ्चालीत दन्त सेवा गत वर्ष पनि सञ्चालन भएकोले सो शिविरबाट प्रभावीत भएर माछापुच्छे्को भेदबाट एक दिन हिडेर पनि दन्त सेवा लिन आएका थिए । शिविरमा सेभेन समिटका कोषाध्यक्ष लाक्पा शेर्पा एक साता नै बसेर शिविर सञ्चालन गर्नुभएको महासचिव टुक्टी शेर्पाले जानकारी दिनुभयो ।

सो दन्त शिविर गत वर्षदेखि सुर्खेतको कोपीला म्याली स्कूलबाट शुरु भएको हो । नेपालमा विद्यमान रहेको दाँत सम्बन्धी विभिन्न रोगहरुले ग्रसित बालबालीका, महिला र पुरुषहरुलाई दाँतको रोगसम्बन्धी जनचेतना फैलाउनका साथै रोगहरुलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ निशुल्क दन्त शिविर गर्न शूरु गरिएको सेभेन समिट फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले जानकारी दिनुभयो ।

अमेरिकाको न्यूर्योकमा बसोबास गर्दै आउनुभएको शेर्पा वाशिगंटनको लागि नेपाली अवैतानीक वाणिज्य दूत समेत हुनुहुन्छ । शेर्पाले नेपालको हरेक क्षेत्रमा निस्वार्थ हिसावले सेवा गर्दै आउनुभएको छ । विशेष गरि शिक्षा, स्वास्थ्य, ग्रामीण महिलाहरुको जीवनस्तर उकास्नेदेखि नेपालको आर्थिक सम्मृद्धिमा ठूलो टेवा पुर्याइरहनु भएको छ । स्वच्छ छवी बनाउन सफल शेर्पा गैर आवासीय नेपाली संघको आइसिसी सल्लाहकार समेत हुनुहुन्छ । शेर्पाले एनआरएनएमार्फत सञ्चालन भइरहेका प्रोजेक्टमा पनि ठूलो सहयोग गर्दै आइरहनु भएको छ ।


प्रकाशित | २ मंसिर २०७६, सोमबार २३:३७