धादिङमा जिप दुर्घटना: मृतकको संख्या ५ पुग्यो (नामावलीसहित )

धादिङः धादिङको गल्छी गाउँपालिका वडा नं ६ माँझगाउँमा बोलेरो जिप दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या ५ पुगेको छ । शुक्रबार दिउँसो तरकारी बोकेर गल्छी गाउँपालिका सिरुबारीबाट बैरेनीतर्फ जाँदै गरेको बा१८च९४०८ नम्बरको जिप अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेमा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेल र २१ वर्षीय समीक्षा अधिकारी रहेका छन् । समीक्षाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो भने अन्यको घटनास्थलमा नै मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।  दुर्घटनामा अन्य १० जना घाइते भएको र उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ ल्याइएको छ ।


प्रकाशित | ६ असार २०७६, शुक्रबार १४:५७