एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैनौं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताउनुभएकोे छ । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले सरकार आफनो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि मिच्न नदिने प्रतिवद्धता जनाउनुभएको हो ।

नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसँग कुनै पनि तनाब नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले सरकारले संवाद मार्फत सिमा सम्बन्धि समस्या समाधान गर्ने बताउनुभयो । कतिपयले नक्सा सच्याउने कुरा उठाएको भन्दै उहाँले नक्सा नभई भूमि फिर्ता लिने विषय महत्वपुर्ण भएको भन्दै सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको उल्लेख गनुभयो । उहाँले भन्नुभयो, ुयो सरकार राष्ट्रिय हितको पक्षमा अड्न र लड्न सक्छ । सबैलाई आग्रह गर्न चाहन्छु । सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ ।

नेपालको सिमा सुरक्षाप्रति सबै राजनीतिक दल, नागरिक समाज तथा जनताले चासो देखाएर ऐक्यवद्धता जनाएकोमा उनले खुसी व्यक्त गर्नुभयो । पछिल्लो समय राजनीतिक पुर्वाग्रह र आत्मकेन्द्रीत भएर सरकारको विरोध हुने गरेको भन्दै उनले दुवै ढंगका विरोध उचित नरहेको बताउनुभयो भन्दै नयाँ पत्रीकाले समाचार छापेको छ ।


प्रकाशित | २ मंसिर २०७६, सोमबार ०८:४५