संसदमा गगन थापाको टिप्पणी: बजेटमा नेकपाको विकास दर्शन र सिद्धान्त फेला परेन

काठमाडौं:  नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटमा नेकपाको विकास दर्शन र सिद्धान्त कही कतै फेला पार्न नसकिएको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७६र७७ को बजेटमाथिको छलफलमा सहभागी हुदै सांसद थापाले बजेटमा , नेकपाको विकास दर्शन र सिद्धान्त फेला नपरेको तथा मन्त्रालयगत प्राथमिकता निरासाजनक भएको टिप्पणी गर्नुभएको हो ।

सांसद थापाले आर्थिक विकासको र राजश्वको लक्ष फेला नपरेको भन्दै बहुमतको सरकारले देशको आर्थिक विकासका लागि निरन्तरतामा क्रम भंग गरी रुपान्तरणको बाटोमा अघि बढ्छ भन्ने नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको समेत बताउनुभयो । उहाँले समुन्त अर्थतन्त्रका लागि पर्यटन, राजश्व परिचालन लगायत क्षेत्रमा प्रभावकारी सुधार आउन नसकेको बताउनुभयो ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार १८:०१