सूर्यविनायक नगरपालिकाका १० वटै वडामा कानूनी सचेतना कार्यक्रम शूरु, कुन वडामा कहिले ?

भक्तपुर: सूर्यविनायक नगरपालिकाका १० वटै वडामा कानूनी सचेतना कार्यक्रम शुरु भएको छ । नगरपालिकाले नगरवासीलाई लक्षित गरी कानूनी सचेतना कार्यक्रम शुरु गरेको हो ।

वडा नं २ बाट शुरु गरिएको कार्यक्रम वडा नंं १ मा पनि सम्पन्न गरिएको छ भने अन्य वडाहरुमा यही १६ गतेदेखि संचालन गर्ने कार्यतालिका छ । कार्यतालिका अनुसार यही १६ गते ३ नं. वडा कार्यालय हुँदै नियमीत रुपमा २३ गतेसम्म कार्यक्रम संचालन हुनेछ ।

वडा नंं २ बाट शूरु कार्यक्रम नगर प्रमुख बासुदेव थापाले औपचारिक रुपमा शुभारम्भ गर्नुभयो । स्थानीय जनप्रतिनिधि, शिक्षक, वडा स्तरीय मेलमिलापकर्ता, विभिन्न उपभोक्ता समितिका पदाधिकारी, टोल विकास संस्थाका पदाधिकारी, नागरिक समाज र आम नगरसबासीको सहभागितामा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

शुभारम्भ गर्नुहुँदै नगर प्रमुख थापाले कानून बनाउनु आफैमा जटिल भए पनि त्यसको कार्यान्वनका लागि सवै नागरिकले कानूनको बिषयमा जानकारी राख्नुपर्नेमा जोड दिनुभयो । सूर्यविनायक नगरपालिकाले बनाएको कानून सवै नागरिकसम्म पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको मेयर थापाले बताउनु भयो ।

कार्यक्रममा उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आम नगरबासीहरुलाई कानूनको समान्य साक्षरता समेत नभएकोले अवका दिनमा कानून, प्रविधि र वित्तीय साक्षरतालाई नगरपालिकाले विशेष जोड दिने योजना रहेको बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेलले नगरपालिकाको कानूनको बारेमा सवैले जान्न र बुझन पर्ने कुरालाई जोड दिर्दै सचेतना कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

विधायन समितिका संयोजक एवं वडा नं २ का अध्यक्ष प्रदीप कार्कीले १० वटै वडाका कम्तिमा ५०० अगुवा नागरिकहरुलाई कानूनी प्रशिक्षण प्रदान गर्ने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा विधायन समितिका सदस्य सचिव तथा सूचना अधिकारी अनिरुद्र नेपालले सर्व साधारणलाई कानूनको अध्ययन गर्न सजिलोको लागि ऐन तथा नियमहरुको संग्रह समेत प्रकाशित गरी नगरपालिकाको वेभसाईटमा राख्ने गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा नेपाल सरकारका पूर्व सहसचिव अधिवक्ता शेरबहादुर ढुंगाना र अधिवक्ता गोमा ढुंगानलाई जिम्मेवारी प्रदान गरिएको छ भने नगरपालिकाका पदाधिकारीहरु, कानूनी सल्लाहकार तथा अन्य कानूनका विज्ञहरुलाई समेत कार्यक्रममा प्रशिक्षकको जिम्मेवारी प्रदान गरिएको छ ।

नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाका अनुसार सूर्यविनायक नगरपालिकाले हालसम्म ३२ वटा ऐन, ८ वटा नियमावली, ४५ वटा कार्यविधि निर्देशिका र २ वटा आचार सहिता स्वीकृत गरिसकेको छ ।

कुन वडामा कहिले


प्रकाशित | १२ बैशाख २०८०, मंगलवार १९:१९