काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गर्नु भएको छ । आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गर्नु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले पेश गर्नु भएको दावी अस्वीकार गरे पछि मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार निर्वाचन घोषणा गरिएको हो ।

प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार ०६:५६