गैर आवासीय नेपाली संघको मर्यादाक्रम निर्धारण

काठमाडौं : गैर आवासीय नेपाली सघ(एनआरएनए ) ले संघको सांगठनीक संरचनाको पदीय मर्यादाक्रम तोकेको छ । आइसिसी महासचिव डा. हेम राज शर्माले एक बिज्ञप्ति जारी गर्दै मर्यादाक्रम तोकिएको जानकारी गराउनुभएको हो । महासचिव शर्माद्धारा जारी बिज्ञप्तिअनुसार यस्तो छ नयाँ मर्यादाक्रम:-

१) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष

२) अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक अध्यक्ष

३) अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रमुख संरक्षक

४) अन्तर्राष्ट्रिय समन्वय परिषद्का संरक्षकहरु

५) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्षहरु

६) अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी सचिवालयका पदाधिकारीहरु

७) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गठन गरेका उच्चस्तरीय समितिका सदस्यहरु (जस्तै, अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त विशेषज्ञहरुको समिति)

८) अन्तर्राष्ट्रिय समन्वय परिषद्का सम्वद्व र मानार्थ सदस्यहरु (विधानको दफा ७ (३) र ७ (४) अनुसार बने सदस्यहरु)

९) अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकारहरु

१०) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व संरक्षकहरु

११) अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यालय पदाधिकारीहरु (कार्यकारी सचिवालय पदाधिकारीहरु बाहेकका)

१२) अन्तर्राष्ट्रिय समन्वय परिषद्का मानार्थ परिषद् सदस्यहरु

१३) अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु

१४) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनुशाशन समिति, विधान समितिका संयोजक

१५) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनुशाशन समिति, विधान समितिका सदस्यहरु

१६) राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु

१७) राष्ट्रिय समन्वय परिषद्का संस्थापक अध्यक्ष

१८) राष्ट्रिय समन्वय परिषद्का प्रमुख संरक्षक

१९) राष्ट्रिय समन्वय परिषद्का संरक्षहरु

२०) राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्षहरु

२१) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व पदाधिकारीहरु

२२) अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक सदस्यहरु

२३) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व सल्लाहकारहरु

२४) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व मानार्थ परिषद् सदस्यहरु

२५) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व सदस्यहरु

२६) अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गत गठन भएका कमिटी तथा कार्यदलका संयोजक तथा कन्भनरहरु

२७) राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरु

२८) राष्ट्रिय समन्वय परिषद्का सल्लाहकारहरु

२९) राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु

३०) राष्ट्रिय समन्वय परिषद्का पूर्व पदाधिकारीहरु

३१) राष्ट्रिय समन्वय परिषद्का पूर्व संरक्षकहरु, पूर्व सल्लाहकारहरु तथा संस्थापक पदाधिकारीहरु

३२) राष्ट्रिय समन्वय परिषद् अन्तर्गत गठित समिति तथा कार्यदलका संयोजकहरु

३३) अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गत गठन भएका कमिटी तथा कार्यदलका सदस्यहरु

३४) राष्ट्रिय समन्वय परिषद् अन्तर्गत गठित समिति तथा कार्यदलका सदस्यहरु

३५) पन्जिकृत सदस्यहरु

(नोट: मर्यादाक्रममा जे लेखिए पनि राष्ट्रिय समन्वय परिषद्का कार्यक्रमहरुमा सभापतित्व गर्ने, त्यस देशका अन्य संस्थामा प्रतिनिधित्व गर्ने जस्ता स्थानीय प्रकृतिका कार्यक्रममा राष्ट्रिय समन्वय परिषद् अध्यक्षले नेतृत्व गर्ने छन् । )

डा. हेम राज शर्मा

महासचिव

गैर आवासीय नेपाली संघ


प्रकाशित | २८ कार्तिक २०७६, बिहीबार १०:२१