नेपाल ओलम्पिक कमिटीको निर्वाचन भदौ २० गते गर्ने निर्णय

काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन आगामी भदौ २० गते हुने भएको छ । एनओसीको आज बसेको विशेष साधारणसभाले नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने मिति तय गरेको हो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले प्रस्तावित मितिलाई स्वीकृत गरेसँगै एनओसीले नयाँ निर्वाचनको मिति तय गरेको हो । बैठकले निर्वाचन सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा राधिका खतिवडा र भीम थापा रहेका छन् । विशेष साधारणसभाले विधान संशोधन गर्दै एनओसीको कार्यसमिति १७ बाट बढाएर १९ सदस्यीय बनाउने निर्णय गरेको छ । साधारणसभामा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, सङ्घका १९ प्रतिनिधि र एक पर्यवेक्षकको उपस्थिति थियो ।

उपाध्यक्ष र सदस्य दिल्ली प्रस्थान

राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का उपाध्यक्ष पीताम्बर तिम्सिना र एनओसीका सदस्य तेज गुरुङ आज दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तिम्सिना र गुरुङलाई राखेपअन्तर्गत प्रचारप्रसार शाखाका प्रमुख दुर्गाप्रसाद दुलालले बिदाइ गर्नुभयो ।

सो अवसरमा उपाध्यक्ष तिम्सिनाले राष्ट्रिय खेलकूद परिषद् १३औँ दक्षिण एशियाली खेलकूद ९साग०को तयारीमा रहेको बताउनुभयो । विभिन्न निर्माण सामग्रीको अवस्था बुझ्न दिल्ली, बैङ्गलोर र लखनउ जान लागेको उहाँले जानकारी दिनुभयो । नेपाल ह्यान्डबल सङ्घका अध्यक्षसमेत रहनुभएका एनओसी सदस्य गुरुङले ह्यान्डबलका खेलाडीलाई भारतमा प्रशिक्षणको व्यवस्था मिलाउनका लागि कुराकानी अगाडि बढाइने बताउनुभयो ।

भलिबल सङ्घका अध्यक्ष शर्मालाई मातृ शोक

नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मालाई मातृ शोक परेको छ । शर्माकी आमा लीलादेवी अर्यालको १०२ वर्षको उमेरमा आज निधन भएको हो । करिब एक महिनादेखि अर्याल अश्वस्थ हुनुहुन्थ्यो । अर्यालको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । अर्यालका दुई छोरा र दुई छोरी हुनुहुन्छ । रासस


प्रकाशित | २० श्रावण २०७६, सोमबार २१:१०