अब एटिएमबाट प्रतिदिन ६० हजारभन्दा बढी नगद झिक्न नपाइने

काठमाडौं : अब एटिएमबाट प्रतिदिन ६० हजारभन्दा बढी नगद झिक्न नपाइने भएको छ । चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको हो ।

नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको जनाएको छ ।

यस्तै प्रतिदिन अधिकतम रु ६० हजारभन्दा बढी नगद झिक्न नपाइने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको सीमा घटाउन यस व्यवस्थाले बाधा पु¥याएको नमानिने निर्देशनमा उल्लेख छ ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले आज जारी गर्नुभएको निर्देशनमा उल्लेख गरिएअनुसार बैंक तथा वित्तीय संस्थाले जारी गर्ने र ग्रहण गर्ने फरक संस्था भई डेबिट कार्डबाट रकम झिक्दा प्रतिकारोवार न्यूनतम रु पाँच हजारदेखि रु २० हजारसम्म नगद झिक्न सक्ने व्यवस्था गरिएको हो ।


प्रकाशित | १९ भाद्र २०७६, बिहीबार २०:५७