एनआरएनए प्रवक्तामा डीबी क्षेत्री मनोनीत

काठमाडौं :गैर आवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा डीबी क्षेत्री मनोनीत हुनुभएको छ । अध्यक्ष कुमार पन्तले मध्यपूर्वका क्षेत्रीलाई प्रवक्ता मनोनीत गर्नुभएको हो । अघिल्लो कार्यकालमा सचिव रहनु भएको क्षेत्री आगामी दुई वर्षे कार्यकालको लागि प्रवक्तामा चुनीनु भएको हो ।

संघको नवौ विश्व सम्मेलनमा महासचिवको दाबेदार क्षेत्रीले अन्तिम समयमा पन्त नेतृत्वलाई समर्थन जनाउँदै पछि हट्नु भएको थियो ।


प्रकाशित | २० कार्तिक २०७६, बुधबार २१:३५